८ पुस, ०७७ काठमाडौं । नेपालमा बुधबार थप ७ सय ४३ जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६५५९ कोरोना परीक्षणमा ७ सय ४३ जनामा कोरोना पुष्टि भएको हो।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ।
पछिल्लो २४ घण्टामा ९५२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४६ हजार ६ सय ६१ पुगेको छ। त्यस्तै, यसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ३ पुगेको छ।







प्रतिक्रिया