९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेकपा परित्याग गरि ५१ जना नेपाली कांग्रेसमा प्रवेश


१० पुस २०७७, शुक्रबार  

0
Shares


९ पौष ०७७, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी ५१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । रामेछाप पकरबास निवासी रोशन बुडाथोकीको नेतृत्वमा उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उनीहरुलाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा विशिष्ट अतिथिका रुपमा लब न्यौपाने, रामचन्द्र खड्काले नवप्रवेशीलाई शुभकामना दिएका छन् । नेपाली काङ्ग्रेस रामेछाप सम्पर्क समितिको सभापती राजनारायण श्रेष्ठको अध्यक्षतामा पार्टी प्रवेश गराइएको थियो ।
पार्टी प्रवेश गर्नेहरुको रोशन बुडाथोकी,कृष्णहरि खड्का, अमित कार्की, हेम ब कार्की, तुला ब कार्की, अनिल थापामगर,कृष्ण श्रेष्ठलगायत छन् ।

 

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ७ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।