१० पुस ०७७, मोरङ । आफ्नै घरमा आगजनी गरेको अभियोगमा सुन्दरहैचा नगरपालिका ११ कर्जुना बस्ने ४८ वर्षीय मनि उरावलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मनिले मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगजनी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
आगजनीबाट घर जलेर करिब १ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । दमकल र
स्थानीय बासिन्दाको सहयोगमा आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
गोरु काटेको अभियोगमा ३ जना पक्राउ
गोरु काटेको अभियोगमा आदर्श गाउँपालिका(१ बस्ने ३५ वर्षीय अशोक दमाई, ३० वर्षीय बिनोद दमाई र प्रेम दमाईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने रमेश बहादुर दमाईको घरमा गोरु काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय आदर्शबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु
भक्तपुर, डोटी, झापा, रुपन्देही र सुर्खेतका छुट्टाछुट्टै स्थानमा भएका सवारी भक्तपुर सूर्यबिनायक नगरपालिका ८ स्थित पुल नजिक सडकमा ना.६ ख ३९८२ नम्बरको ट्रक अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुदा ट्रक चालक पर्सा वीरगंज
महानगरपालिका(१२ बस्ने ३० वर्षीय कैमोदिन अन्सारीको घटनास्थलमै मृत्यु भएको छ ।
डोटी शिखर नगरपालिका(६ स्थित नगरपालिकाको गेट अगाडि से.१ च १००९ नम्बरको बलेरोको ठक्करबाट सोही नगरपालिका बस्ने मोहन बलायरको ८ वर्षीय छोरा गोरख बलायरको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको
उपचारको लागि शैलेश्वरी अस्पताल दिपायल हुँदै थप उपचारको क्रममा प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो । बलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा कन्काई नगरपालिका ४ कोटिहोमस्थित सडकमा मे.११प ३५८३ नम्बरको मोटरसाइकललाई डब्लु बि ६१ ए ९३८५ नम्बरको ग्याँस बोक्ने ट्याङ्करले बिहीबार दिउसो ठक्कर दिँदा मोटरसाइकलमा सवार ईलाम माईजोकमाई गाउँपालिका ४ बस्ने ३६ वर्षीय चन्द्रकुमार लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बि एण्ड सि हस्पिटल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुटवल उपमहानगरपालिका(१३ बेलबास चोकमा लु.२ ख ८८९ नम्बरको ट्रक र लु.२१ प ४३८९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बिहीबार बेलुका दुर्घटना हुँदा स्कुटरमा सवार रोहिणी गाउँपालिका(४ बस्ने ४० वर्षीय राधेश्याम मल्लाह समेत २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका १ जनाको सोही अस्पताल हुँदै थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुर्खेत बीरेन्द्रनगर नगरपालिका ४ रातानाग्लास्थित सडकमा भे.१ त ९५३१ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार बेलुका दुर्घटना हुँदा चालक दैलेख गुराँस गाउँपालिका ४ बस्ने २५ वर्षीय गणेश शाहीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल हुँदै थप उपचारको क्रममा कोहलपुर मेडिकल कलेज बाँकेमा बिहीबार दिउँसो मृत्यु भएको हो ।
दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
ढुङगा खसेर लाग्दा महिलाको मृत्यु
गुठिचौर गाउँपालिका(१ नापिनी बस्ने ४५ वर्षीया चन्द्रकली एडीको ढुङगा खसेर लाग्दा बिहीबार दिउँसो मृत्यु भएको छ । जंगलमा दाउरा खोज्न गएकी एडीलाई अचानक माथिबाट ढुंगा खसेर लाग्दा घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया