१२ पुस ०७७, झापा । नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि झापाको इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको हो ।
प्रहरी प्रवक्ता राकेश थापाले जिप्रकाको आदेशलाई मानेर नियन्त्रणमा लिएको पुष्टि गरे । उनले भने, ‘खै नागरिकता वितरण प्रक्रियामा केही त्रुटि भयो भन्ने कुरा आएको छ । उहाँहरुको आन्तरिक मामिला हो, छानबिन भइरहेको छ, तथ्यसहित सबै कुरा प्रमाणित भएपछि जानकारी गराउँछौंँ ।’
उनीसँगै कार्यालय सहयोगी आशीर आलमलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
१२ पुस २०७७, आइतबार
0
Shares
प्रतिक्रिया