२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपालमा ४८१ कोरोना संक्रमित थपिए


१२ पुस २०७७, आइतबार  

0
Shares


१२ पुस ०७७, ललितपुर । नेपालमा ४८१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ३ हजार ८२८ नमूनाको पीसीआर परीक्षणका क्रममा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ। यस्तै, अहिलेसम्म १९ लाख ९ हजार ६५४ नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका कोरोनाका सक्रिय संक्रमितको संख्या भने ६ हजार ४९३ रहेको छ। यसमध्ये संस्थागत आइसोलेसनमा ३४१६ र होम आइसोलेसनमा ३०७७ रहेका छन्।

आइतबार ७३१ जना संक्रमित निको भएका छन्। योसँगै हालसम्म निको हुनेको संख्या २ लाख ४९ हजार ८६३ पुगेको छ। हाल क्वारेन्टिनमा ३६९ जना रहेका छन्। यस्तै, सोही अवधिमा नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मुत्यु हुनेको संख्या १८२५ पुगेको छ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ५ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।