
१३ पुस ०७७, काठमाडौं । तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमण गर्नेमा पहँुचवाला व्यक्ति तथा पूर्वमन्त्री नै सक्रिय रहेको बताएकी छिन् । मन्त्रालयले आज सिंहदरबारमा आयोजना गरेको बिदाइ समारोहलाई सम्बोधन गर्दै उनले राज्यको सम्पत्ति दोहन गर्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याउन कर्मचारीलाई सदैव उच्च मनोबलका साथ काम गर्नुपर्ने सुझाव दिइन् ।
मन्त्री अर्यालले आफ्नो कार्यकालमा सगरमाथाको नयाँ उचाइको घोषणा, नयाँ नेपालको नयाँ नक्सा पारित तथा थुप्रै रचनात्मक काम गरिएको जिकिर गरिन् । मन्त्री अर्यालले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पुगी पदबहाली गरेकी छिन् । सो अवसरमा नवनियुक्त कृषिमन्त्री अर्यालले कृषि क्षेत्रको विकासबाट मुलुक र जनताको समृद्धि सम्भव रहेको बताएका थिए ।








प्रतिक्रिया