२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


५५७८ पीसीआर परीक्षणमा ६५९ जनामा कोरोना संक्रमण(कहाँ, कति संक्रमित ?)


१३ पुस २०७७, सोमबार  

0
Shares

१३ पुस ०७७, काठमाडौं । नेपालमा पाँच हजार पाँच सय ७८ पिसिआर परीक्षण गर्दा थप ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमित २ लाख ५८ हजार ८ सय सय ४० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १९ लाख १५ हजार दुई सय ३२ जनाको पिसिआर परीक्षण गरिएको छ। त्यस्तै, सक्रिय संक्रमित ६ हजार चार सय २७ छन्।
सोमबार थप ७ सय १८ संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५० हजार पाँच सय १८ जना संक्रमणमुक्त भएका छन्। निको हुनेको दर ९६ दशमलव ८ प्रतिशत पुगेको छ। सोमबार थप ७ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ सय ३२ जना पुगेको छ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ४ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।