१ आश्विन २०८१, मंगलबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ल्होसारमा ढिँडो खाने प्रतियोगिता हुँदै


१५ पुस २०७७, बुधबार  

0
Shares


१५ पुस ०७७, तनहुँ । गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा ढिँडो खाने प्रतियोगिता हुने भएको छ । गुरुङ समुदायको बाक्लो बस्ती रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा तमु ल्होसारको अवसरमा बुधबार ढिँडो खाने प्रतियोगिता हुन लागेको हो ।
तमु ह्युला छोंज धिको आयोजनामा ढिँडो खाने प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए । “यो हामी सुन्दै आएको भन्दा फरक खाले प्रतियोगिता हो । सहभागीले जति छिटो र धेरै ढिँडो खान सक्छन् उही विजेता हुनेछ”, गुरुङले भने । ढिँडो खाने प्रतियोगिताले किसानलाई कोदो उत्पादनमा हौस्याउने उनको भनाइ छ । “पछिल्लो समय कोदोको उत्पादन घटिरहेको छ तर माग भने बढ्दो छ”, उनले भने, “निकै पौष्टिक आहार मानिने कोदोको परिकार घरवासदेखि तारे होटलसम्म माग हुने गर्दछ ।”
ल्होसारको अवसरमा यहाँ डोरी तान्ने, घैँटो फुटाउने, छेलो हान्ने, गाउँस्तरीय भलिबल प्रतियोगिता पनि आयोजना गरिएको छ । वडाध्यक्ष गुरुङका अनुसार फिरफिरेमा रहेका आठ गाउँलाई आठ समूहमा विभाजन गरी फरक–फरक खानाको परिकारसहित सामूहिक भोजन हुनेछ । ल्होसारको अवसरमा मौलिक घाटु, सालैजो, ठाडो भाका, कौराहा प्रदर्शन हुने वडाध्यक्ष गुरुङले जानकारी दिए ।
रु ६९ लाख दाबी भुक्तानी
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड दमौली शाखाले जीवन बीमा दाबीवापतको रकम हस्तान्तरण गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित स्व सुरज लालचनको परिवारलाई कम्पनीले मङ्गलबार रकम भुक्तानी गरेको हो ।
मृतक लालचनले पाँच वर्ष अगाडि रु ५० लाखको जीवन बीमा गर्नुभएको थियो । कम्पनीले बोनससहित रु ६९ लाख पाँच हजार रकम दाबी भुक्तानी गरेको हो । उक्त रकम दमौली शाखाका प्रबन्धक सुदीप ज्ञवाली, सिनियर एजेन्सी म्यानेजर गोविन्द खड्का र नमराज क्षेत्रीले संयुक्तरुपमा स्व लालचनकी धर्मपत्नी पम्फा राम्जाली लालचनलाई हस्तान्तरण गर्नुभएको छ । सुरजको गत असोज १३ गते हृदयघातबाट मृत्यु भएको थियो ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ८ : २५ बजे