३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विश्वभर ८ करोड ६९ लाख कोरोना संक्रमित


२२ पुस २०७७, बुधबार  

0
Shares

२२ पुस ०७७, ललितपुर । विश्वभर कोरोना भाइरस संक्रमित ८ करोड ६९ लाख ८९१ पुगेको छ । वर्ल्डोमीटरका अनुसार कोरोना संक्रमितमध्ये ६ करोड १६ लाख २४ हजार १ जना उपचारपछि निको भएका छन् । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ लाख ७७ हजार ४५० पुगेको छ भने सक्रिय संक्रमितको संख्या २ करोड ३३ लाख ९९ हजार ४४० जना रहेका छन् ।
अमेरिकामा कुल संक्रमित २ करोड १५ लाख ७९ हजार ६४१ जना पुगेको छ । ३ लाख ६५ हजार ६६४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये १ करोड  २८ लाख ६२ हजार  २१६ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ८३ लाख ५१ हजार  ७६१ जना रहेका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या १ करोड ३७ लाख ५ हजार ४७८ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार १५१ पुगेको छ । ९९ लाख ९७ हजार २७२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २ लाख २८ हजार ५५ जना रहेका छन् । ब्राजिलमा ७८ लाख १२ हजार  ००७ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ९७ हजार ७७७ को मृत्यु भएको छ । ६९ लाख ६३ हजार ४०७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ७ लाख ५० हजार ८२३ जना रहेका छन् ।
रुसमा ३३ लाख ८ हजार ६०१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ५९ हजार ९५१ जनाको मृत्यु भएको छ । २६ लाख ८५ हजार ७२३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५ लाख ६२ हजार ९२७ जना रहेका छन् ।

 

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ३ : ३५ बजे