२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विश्वभर कोरोना संक्रमितको संख्या ८ करोड ७७ लाख पुग्यो


२३ पुस २०७७, बिहिबार  

0
Shares

 


२३ पुस ०७७, काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमित ८ करोड ७७ लाख १३ हजार ५१९ पुगेको छ ।
वर्ल्डोमीटरका अनुसार कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ लाख ९२ हजार ९१३ पुगेको छ भने ६ करोड ३१ लाख ९१ हजार २२२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २ करोड २६ लाख २९ हजार ३८४ जना रहेका छन् ।
अमेरिकामा कुल संक्रमित २ करोड १८ लाख ५७ हजार ६१६ जना पुगेको छ । ३ लाख ६९ हजार ९९० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये १ करोड  ३० लाख २४ हजार  १४२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ८४ लाख ६३ हजार  ४८४ जना रहेका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या १ करोड ३ लाख ९५ हजार ९३८ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार १५१ पुगेको छ । ९९ लाख ९७ हजार २७२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २ लाख २८ हजार ५५ जना रहेका छन् ।
ब्राजिलमा ७८ लाख ७४ हजार  ५३९ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ९९ हजार ४३ को मृत्यु भएको छ । ७० लाख ३६ हजार ५३० जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ६ लाख ३८ हजार ९६६ जना रहेका छन् ।
रुसमा ३३ लाख ३२ हजार १४२ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ६० हजार ४५७ जनाको मृत्यु भएको छ । २७ लाख ९ हजार ४५२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५ लाख ६२ हजार २३३ जना रहेका छन् ।

 

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ३ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।