
एजेन्सी । इन्डोनेशियाका अधिकारीहरूले जकार्ताबाट उडेको केही छिनमै समुद्रमा हराएको यात्रुवाहक विमानको दुर्घटनाग्रस्त भएको ठानिएको क्षेत्र पत्ता लागेको बताएका छन्। श्रीविजया एयरजेटको उक्त बोइङ ७३७ विमानमा चालकदलका सदस्यसहित कुल ६२ जना सवार थिए।
उक्त विमान देशको पश्चिम कालिमान्तान प्रान्तस्थित पोन्टिआनक जानका लागि उडेको चार मिनेटमै रेडारको सम्पर्कबाट बेपत्ता भएको थियो।
विमान खोज्नका लागि जलसेनाका पौडीबाजसहित १० वटाभन्दा बढी पानीजहाज परिचालन भएका छन्। विमानको भग्नावशेष ठानिएका सामग्रीहरूको अनुसन्धानकर्ताहरूले विश्लेषण गरिरहेका छन्।
शनिवार राति खोजी र उद्धारका प्रयासलाई रोकिएको भए पनि आइतवार बिहानैबाट निरन्तरता दिइएको छ।
बीबीसी








प्रतिक्रिया