
२७ पुस ०७७, ललितपुर । काठमाडौं उपत्यकामा सोमबार थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा भेटिएका ४८८ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ३१४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २३०, भक्तपुरमा १५ र ललितपुरमा ६९ जना संक्रमित थपिएका छन् ।
यो सँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९८ हजार ९ सय २९ पुगेको छ। जसमध्ये ९६ हजार २ सय ९३ जना उपचारपछि निको भएका छन् भने ४ सय ८१ जनाको मृत्यु भएको छ। काठमाडौंमा अझै पनि २ हजार १ सय ५५ जना सक्रिय संक्रमित छन्।
भक्तपुरमा हालसम्म ८ हजार ८ सय ४९ जना संक्रमित उपचारपछि निको भएका छन्। ९ हजार ५४ कुल संक्रमितमध्ये १ सय ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। भक्तपुरमा अझै पनि ९४ जना उपचाररत छन्।
यस्तै, ललितपुरमा कुल संक्रमितको संख्या १५ हजार ६ सय १५ पुगेको छ। १५ हजार १ सय ९७ जना डिस्र्चाज हुँदा १ सय ५२ जनाको मृत्यु भएको छ। ललितपुरमा २ सय ६६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा सोमबार ५३०९ जनाको पीसीआर परीक्षणमा ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमा १९२ महिला र २९६ पुरुष छन् ।
योसँगै नेपालका कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । जसमध्ये २ लाख ५८ हजार ९६८ जनाले कोरोना जितेका छन् । सोमबार थप ५२७ जना डिस्चार्ज भएका छन्।
कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय २७ पुगेको छ । सोमबार थप १० जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ३७३ छ । यस्तै २३७ जना क्वारेन्टिनमा छन् भने ४ हजार ३७३ जना आइसोलेसनमा छन्।
नेपालमा अहिलेसम्म १ लाख ८७ हजार ५५५ जनाको पीसीआर परीक्षण भएको छ । सोमबार मात्र ५ हजार ३०९ जनाको पीसीआर परीक्षण गरिएको छ। जसमध्ये ४८८ जनामा संक्रमण देखिएको हो।
कोरोनाका गम्भीर १६३ जनाको आइसीयूमा र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।









प्रतिक्रिया