२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नागढुंगाबाट श्रोत नखुलेको लाखौं रुपैयाँ पक्राउ


२७ पुस २०७७, सोमबार  

0
Shares

नयाँ नोट ।

२७ पुस ०७७, काठमाडौं । चन्द्रागिरी नगरपालिका २ नागढुङगाबाट स्रोत नखुलेको नगद ३७ लाख रुपैयाँ, ७ लाख ११ हजार रुपैयाँ लेखिएको ग्लोबल आइएमई बैंकको १ थान चेक र हस्ताक्षर भएको तर नगद उल्लेख नभएको १ थान चेक सहित चितवन माडी नगरपालिका ६ बस्ने २६ वर्षीय राम कुमार गुरुङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ९१३९ नम्बरको हाईस गाडीलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनको झोलामा लुकाई ल्याएको उक्त नगद र चेक सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
मकवानपुरमा ३० बिगाहामा लगाएको गाँजा खेती नष्ट
राक्सिराङ गाउँपालिका १ स्थित गाल्छाराङ, दुंगु, ज्यामिरे र विरालिटारका ३० बिगाहा जग्गामा अवैध रुपमा लगाएको अवैध लागूऔषध गाँजा खेती आइतबार प्रहरीले नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय मनहरी र दंगा नियन्त्रण प्रहरी गण हेटौंडाबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त गाँजा खेती फडानी गरी नष्ट गरेको हो ।
हेटौडामा २ जना मृत फेला
हेटौंडामा छुट्टा छुट्टै स्थानमा २ जना मृत अवस्थामा फेला परेका छन् ।
हेटौंडा उपमहानगरपालिका ४ स्थित होटल सामनामा भक्तपुर बालकोट बस्ने ६० वर्षीय लेखजंग ध्वज केसी सोमबार मृत अवस्थामा फेला परेका छन् । केसी पुस १२ गतेदेखि उक्त होटलमा बस्दै आएको बुझिएको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका १८ भुटनदेवी टोल बस्ने ५५ वर्षीय नवराज मालबु घरदेखि करिब २ सय सय मिटर भित्री सडकको छेउमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

 

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ८ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।