२४ पुस २०८२, बिहिबार | Thu Jan 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ज्वाला सिंहको नाममा चन्दा माग्ने ४ जना पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

२२ चैत ०७७, बाँके । ज्वाला सिंहको नाममा चन्दा रकम माग गरेको अभियोगमा ४ जनालाई नेपालगंज उपमहानगरपालिका २२ पुरैनीबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा राप्ती सोनारी गाउँपालिका४ सूर्यलालपुर बस्ने २४ वर्षीय विकास चौधरी, सोही गाउँपालिका–५ बस्ने मर्गनाथ भन्ने ४१ वर्षीय मेघनाथ चौधरी, सोही गाउँपालिका २ बस्ने ४० वर्षीय भीम बहादुर भण्डारी र नेपालगंज उपमहानगरपालिका ३ सल्यानीबाघ बस्ने दाङ तुल्सीपुर उपमहानगरपालिका–१५ घर भएका २९ वर्षीय ज्योती प्रकाश चौधरी रहेका छन् ।
राप्तीसोनारी गाँउपालिका ५ जुरपानी वस्ने एक पुरुषसँग विगत १ हप्ता पहिलादेखि ज्वाला सिँह समूहको नामबाट फोन गरी २ लाख रूपैयाँ रकम चन्दा माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले आफूलाई ज्वाला सिंह समूह बताउने उनीहरूलाई चन्दा रकम माग गर्न प्रयोग भएको सिमकार्ड र चन्दा बापतको नगद १० हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ६ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।