२४ पुस २०८२, बिहिबार | Thu Jan 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गैडा गणनाको क्रममा हात्तीबाट खसेर घाइतेलाई मन्त्री आलेद्वारा एक लाख सहयोग




२३ चैत ०७७, काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले गैँडा गणनाका क्रममा यही चैत २० गते धु्रवे नामक जङ्गली हात्तीले लखेटेपछि खसेर गम्भीर घाइते भएका राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठको उपचारका लागि आफ्नो व्यक्तिगत तर्फबाट रु एक लाख उपचार खर्च प्रदान गरेका छन् ।
हात्तीको आक्रमणबाट घाइते श्रेष्ठको उपचार भइरहेको काठमाडौँको ह्याम्स अस्पतालमा पुगेर उनले यो रकम प्रदान गरेको निजी सचिव रविन ज्ञालनले जानकारी दिएका छन् । श्रेष्ठको सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्नेसमेत मन्त्री आलेले जानकारी दिए ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले गैँडा गणनाका क्रममा शुक्रबार हात्तीले लखेटेर गम्भीर घाइते भएका राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद उपचारका लागि आˆनो व्यक्तिगत तर्फबाट रु एक लाख दिदै । तस्वीर ; विमलबहादुर विष्ट\रासस

उनले भने, “गैँडा गणनामा हात्तीको आक्रमणबाट श्रेष्ठ जी घाइते हुनुभएको छ, मैले पनि उपचारका लागि रु एक लाख सहयोग गरेको छु, उनको उपचारको सम्पूर्ण खर्च मन्त्रालयले व्यहोर्ने छ ।” सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्ने भनेर बताएपछि श्रेष्ठका परिवार मन्त्री आलेप्रति निकै खुशी भएका छन् ।
यसैगरी मन्त्रीसँग वन्यजन्तु तथा राष्ट्रिय निकुञ्जका महानिर्देशक डा दीपक खराल, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीलगायतको टोली पनि घाइते श्रेष्ठ भेट्न अस्पताल पुगेको थियो । मन्त्री आलेले विगतदेखि नै बिरामी परेका तथा उपचार खर्च नपाएर समस्यामा परेका नागरिकलाई सधैँ सहयोग गर्दै आउएकाले केही समस्या पर्दा पनि नागरिकले आलेलाई नै गुहार्ने गरेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ८ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।