२३ पुस २०८२, बुधबार | Wed Jan 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बस र मोटरसाइकल जुध्यो,२ जनाको मृत्यु




२३ चैत ०७७, चितवन । चितवनमा बस र मोटरसाइकल जुधेपछि २ जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका २० नयाँ बजारस्थित सडकमा ना.३ ख ८३६० नम्बरको बस र ना.४९ प ६६४६ नम्बरको मोटरसाइकल एकआपसमा जुधेपछि आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक
भरतपुर महानगरपालिका ११ बस्ने २७ वर्षीय मन्जिल पौडेल र यसै ठाउँ बस्ने २३ वर्षीया पार्वती अधिकारी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस चालक नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ८ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।