२३ पुस २०८२, बुधबार | Wed Jan 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सिन्धुलीबाट बन्दुक सहित २ जना पक्राउ



फाइल तस्विर

२४ चैत ०७७, सिन्धुली । कमलामाई नगरपालिका १ भुताहाबाट एकनाले भरुवा बन्दुक २ थान र करिब ५ सय ग्राम बारुद सहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर र ५० वर्षीय शंखलाल बल रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले किशोर र शंखलाललाई आ– आफ्नो घरमा लुकाई राखेको अवस्थामा उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ८ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।