
२५ चैत ०७७, काठमाडौं । काठमाडौं महानगरपालिका ८ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार एरियाबाट करिब ८८४.४५० ग्राम सुन जस्तो देखिने पहेँलो धातु र करिब ४९.५५ ग्राम सुन जस्तो देखिने बाला १ थान सहित धनुषा घर भएको ३४ वर्षीय प्रकाश महरालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
फ्लाई दुवई एयरलाईन्सको उडानद्वारा दुवईबाट काठमाडौं आएका उनलाई अराईभल भन्सार एरियामा जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको बालासहित फेला पारी प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।
२६ चैत्र २०७७, बिहिबार
0
Shares







प्रतिक्रिया