२१ पुस २०८२, सोमबार | Mon Jan 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बलात्कारीलाई अदालतद्वारा सात वर्ष कैद फैसला



साँकेतिक तस्विर : इन्टरनेट

२६ चैत ०७७,वागलुङ । उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ । बागलुङको ताराखोला गाउँपालिका २ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद सजाय फैसला गरेको हो । कैदसँगै वनले पीडित युवतीलाई रु ८० हजार रकम क्षतिपूर्तिसमेत दिनुपर्ने फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
विसं २०७७ असार १७ गते ती युवतीलाई बलात्कार गरेको अरोपमा वनलाई प्रहरीले असार १८ गते पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत साउन ११ गते जिल्ला अदालत बागलुङमा जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेको थियो । वन जिल्ला अदालत बागलुङको साउन १२ गतेको आदेशले हालसम्म जिल्ला कारागार बागलुङमा पुर्पक्षका लागि थुनामा रहेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  १२ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।