
२७ चैत ०७७, काठमाडौ । चोरीको सामान किनेको अभियोगमा काठमाडौंको तारकेश्वर नगरपालिका ४ बस्ने धादिङ धुनेबेशी नगरपालिका ९ घर भएका २८ वर्षीय नवराज सदाशंकरलाई प्रहरीले पक्राउ गरेको छ । साथै चोरीको अभियोगमा थप ५ जनालाई समेत बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका २९ बस्ने कुखुरे भन्ने २५ वर्षीय राजेश लामिछाने, काठमाडौं तारकेश्वर नगरपालिका ५ लोलाङ बस्ने नुवाकोट बेलकोट गढि नगरपालिका ७ घर भएका २५ वर्षीय भिम तामाङ, काठमाडौं चन्द्रागिरी नगरपालिक ४ ठेगाना भई तारकेश्वर नगरपालिका ४ बस्ने २३ वर्षीय रितेश लामा, तारकेश्वर नगरपालिका ४ बस्ने धादिङ सिद्धलेख गाउँपालिका ४ ठेगाना भएका बिलाष खतिवडा र
टोखा नगरपालिका ८ स्थित सुरेश शाहीको घरबाट ४० ईन्चको टिभि सहित सुनका विभिन्न गहना समेत गरी करिब १३ लाख ६१ हजार रुपैयाँ मूल्य बराबरको धनमाल गत पुस
१९ गते चोरी भएको घटनामा संलग्न उनीहरुलाई महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट चोरी गरिएको टिभि, मोबाइल तथा सुनका गरगहना समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगंज पठाइएको महाशाखाले जानकारी दिएको छ ।







प्रतिक्रिया