
२७ चैत ०७७,ज्ञानेश्वर । राजधानीस्थित ज्ञानेश्वरको एक टहरोमा ट्याक्सी जलेको छ । काठमाडौं महानगरपालिका ३० ज्ञानेश्वरस्थित टहरोमा पार्किङ गरि राखिएको ट्याक्सी जलेको प्रहरीले जानकारी दिएको छ ।
ज्ञानेश्वर बस्ने कृष्णबिक्रम शाहको बा.१च १५७८ नम्बरको कार र बा.१ज १००७ नम्बरको ट्याक्सीमा बिहिबार दिउँसो आगलागी भएको बताइएको छ ।
आगलागीपछि करिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको भनाई छ ।







प्रतिक्रिया