२१ पुस २०८२, सोमबार | Mon Jan 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपाल पत्रकार महासंघमा विपुल पोख्रेलको प्यानल विजयी(मत परिणामसहित)



नेपाल पत्रकार महासंघको अध्यक्ष विजयी विपुल पोखरेललाई बधाई तथा कार्यकालको शुभकामाना दिँदै अध्यक्ष पदका अर्की उम्मेदवार निर्माला शर्मा । तस्वर : रोशन सापकोटा, रासस

२८ चैत ०७७, काठमाडौं । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनामा अध्यक्षका प्रत्यासी निर्मला शर्मालाई हराउँदै पोख्रेल निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका सदस्यसचिव भक्ति घिमिरेका अनुसार पोख्रेलले छ हजार ९४२ मत ल्याई विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी शर्माले तीन हजार ९१५ मत प्राप्त गरिन्। अध्यक्षकै अर्का उम्मेदवार गजेन्द्रसिंह बुढाथोकीले ४९१ मत र रामप्रसाद दाहालले १५६ मत प्राप्त गरेका छन् । यही चैत २५ गते पहिलोपटक महासङ्घमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट मतदान गरिएको थियो । पोख्रेल प्यानलका अधिकांश उम्मेदवार विजयी भएका हुन् ।

निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् ।

यस्तै खुला सचिवमा गोविन्द चौलागाईँ, सचिव (महिला)मा सिर्जना अर्याल, सचिव (आदिवासी जनजाति) नारायणसुन्दर किलम्बू, सचिव (मधेसी) दीपेन्द्र चौहान, सचिव (दलित)मा हेमकर्ण विक र सचिव (एशोसिएट)मा पवन आचार्य निर्वाचित भएका छन् । यस्तै लेखासमिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका हुन् ।

कसको मत कति ?

पद उम्मेदवार गठबन्धन मत परिणम
अध्यक्ष

 

 

 

विपुल पोखरेल युनियन-संगठनसहित ११ संघ ६९४२ विजयी
निर्मला शर्मा चौतारी (ओली समूह) सहित ९ संघ ३९१५
गजेन्द्र बुढाथोकी ४९१
रामप्रसाद दाहाल १५६
वरिष्ठउपाध्यक्ष

 

 

रमेश विष्ट युनियन-संगठनसहित ११ संघ ६७४१ विजयी
माधव नेपाल चौतारी (ओली समूह) सहित ९ संघ ३७८१
रामजी दाहाल ६०५
उपाध्यक्ष- महिला

 

बाला अधिकारी युनियन-संगठनसहित ११ संघ ७२२६ विजयी
दाना के.सी. (सुवेदी) चौतारी (ओली समूह) सहित ९ संघ ३५२८
उपाध्यक्ष-समावेशी

 

 

उदय जीएम युनियन-संगठनसहित ११ संघ ६११७ विजयी
अवधेश झा चौतारी (ओली समूह)सहित ९ संघ ३५६१
मोहनकुमार सिंह ९८१
महासचिव

 

 

रोशन पुरी युनियन-संगठनसहित ११ संघ ६२४२ विजयी
बालकृष्ण बस्नेत चौतारी (ओली समूह) सहित ९ संघ ३८६०
सुबोध गौतम ८९९
सचिव खुला

 

 

 

गोविन्द चौलागाई युनियन-संगठनसहित ११ संघ ६१७१ विजयी
रामकृष्ण ज्ञवाली चौतारी (ओली समूह) सहित ९ संघ ३०२१
जन्मदेव जैसी ११२७
यम विरही ७५७
सचिव- महिला

 

सृजना अर्याल युनियन-संगठनसहित ११ संघ ६५८० विजयी
निमा काफ्ले चौतारी (ओली समूह) सहित ९ संघ ४०८९
सचिव (आदिवासी जनजाति)

 

 

नारायण सुन्दर किलम्बु युनियन-संगठनसहित ११ संघ ६३०० विजयी
रामकुमार श्रेष्ठ चौतारी (ओली समूह) सहित ९ संघ १११३
शाहीमान राई ३२८९
सचिव (मधेशी)

 

 

दीपेन्द्र चौहान युनियन-संगठनसहित ११ संघ ५६९६ विजयी
स्वेता सिन्हा चौतारी (ओली समूह) सहित ९ संघ ४४६१
देवकुमार यादव ६४७
सचिव (दलित)

 

हेमकर्ण वि.क युनियन-संगठनसहित ११ संघ ५९५८ विजयी
मधु शाही चौतारी (ओली समूह) सहित ९ संघ ४६४६
सचिव (एसोसिएट)

 

 

 

 

पवन आचार्य युनियन-संगठनसहित ११ संघ ५७३५ विजयी
रामेश्वर कार्की चौतारी (ओली समूह) सहित ९ संघ २८००
केशवराज खनाल ५८०
राधेश्याम दाहाल ३४९
विजय देवकोटा २५७
कोषाध्यक्ष

 

 

 

कलेन्द्र सेजुवाल युनियन-संगठनसहित ११ संघ ५६७८ विजयी
कृष्ण गिरी चौतारी (ओली समूह) सहित ९ संघ ३२७८
माधव दुलाल १००८
प्रकाश थापा ६१८
लेखा समिति संयोजक लेखनाथ न्यौपाने युनियन-संगठनसहित ११ संघ ५६८८ विजयी
द्धारिका काफ्ले चौतारी (ओली समूह) सहित ९ संघ ३१९१
लक्ष्मण कार्की १७१४

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ७ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।