
२९ चैत ०७७, बर्दिया । आइतबार बर्दियामा एक महिलाको जंगली हात्तकिा आक्रमणबाट मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार आइतबार करिव १ बजे बर्दिया गेरुवा १ भटेरा बस्ने बर्ष ६० की भुन्टी बोहरा भटेरास्थित बगुवा सामुदायिक जंगलको छेउ बारीमा बाख्रा चराउन गएको बेला जंगली हात्तीले आक्रमण गरी जंगलमा लगेर मारेको हो ।
ईलाका प्रहरी कार्यालय पाताभार बर्दियालाई घटनाबारे जानकारी हुनासाथ प्रहरी टोलीले शव नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।







प्रतिक्रिया