
२९ चैत ०७७, सिरहा । बम विष्फोट घटनामा संलग्न भएको आरोपमा फरार लक्ष्मीपुरपतारी गाउँपालिका ३ लवकाटोल बस्ने २० वर्षीय गुड्डु भन्ने रामजतन मुखियालाई शनिबार प्रहरीले पक्राउ गरेको छ
।
लहान नगरपालिका ८ दुई नम्बर रोडस्थित मालपोत कार्यालयको कर्मचारी बस्ने अफिसको बाहिरको स्पेशमा चैत १ गते कुकर बम विष्फोट भएको घटनामा संलग्न उनलाई इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले लहान नगरपालिका १ लोकतन्त्र चोकबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जानकारी दिएको छ ।
२९ चैत्र २०७७, आइतबार
0
Shares







प्रतिक्रिया