
२९ चैत ०७७, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ६७ जनामा कोरोना पुष्टि भएको छ । यस अवधिमा तीन हजार १ सय २५ मा पिसीआर परीक्षण र ६ सय ९० मा एन्टिजेन परीक्षण भएको थियो । पिसीआर विधिबाट परीक्षण गरिएका ३ सय ३ र एन्टिजेन परीक्षण गरिएका ६४ गरी ३ सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । त्यसमध्ये उपत्यकामा मात्रै १ सय ५४ मा सङ्क्रमण देखिएको छ ।
आज १ सय ४१ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । सङ्क्रमणबाट मुक्त हुने दर ९७ दशमलव ९ प्रतिशत छ । मुलुकभरि आइसोलेशनमा रहेका ८९ मध्ये १५ भेन्टिलेटरमा छन् ।
बिहीबारदेखि आजसम्म १४ हजार ७ सय ३४ पिसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । जसमा एक हजार २ सय ६० मा सङ्क्रमण पुष्टि भएको छ । उक्त अवधिमा ४९८ सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । आज सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ९ सय ६१ छ । सङ्क्रमण बढ्दो क्रममा रहेकाले जनस्वास्थ्यका मापदण्ड पूर्ण प्रयोग गर्न अनुरोध गरिएको छ ।







प्रतिक्रिया