१९ पुस २०८२, शनिबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


उत्कृष्ट पाँच फोटो पुरस्कृत




३० चैत ०७७,पोखरा । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजनामा भएको खुल्ला फोटो प्रतियोगितामा सहभागी पाँच उत्कृष्ट फोटो पुरस्कृत भएका छन् ।
बोर्डको गण्डकी प्रदेश कार्यालयद्वारा आइतबार पोखरामा आयोजित एक कार्यक्रममा उत्कृष्ट फोटो खिच्ने विजय गौतम, किरण अधिकारी, प्रियजन आलेमगर, सिरिज विसी र प्रेमबहादुर थापालाई रू १० हजारसहित पुरस्कृत गरिएको छ ।
फोटो छनौट समितिका सदस्य एवं फोटो पत्रकार सङ्घ गण्डकी प्रदेशका अध्यक्ष राम गुरुङले प्रतियोगितामा कूल ४ सय ९५ फोटो सहभागी भएकोमा उत्कृष्ट पाँचवटा छनौट गरिएको बताएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ६ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।