१९ पुस २०८२, शनिबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


करेन्ट लागेर दम्पत्तीको मृत्यु



©lalitpurkhabar.com\shyam phuyal

३० चैत ०७७,काठमाडौँ । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका ९ शान्तिचोकमा आज सोमबार बिहान करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ३५ वर्षीय समीर पाख्रिन र उनको श्रीमती ३० वर्षीया अन्सु पाख्रिन रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) जयश्वर रिमालले बताएका छन् ।
उनका अनुसार बिहान ९ बजे पाख्रिन दम्पतीले आफ्नो घरको मिटर बक्समा झोलिएको तारलाई फलामको डण्डीले उठाउन खोज्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक दम्पतीको शव हाल हेटौँडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।