
३१ चैत ०७७, बाँके । आफ्नै ३२ वर्षीया श्रीमती लक्ष्मी बिसीको कुटपिट गरी हत्या गरेको अभियोगमा बैजनाथ गाउँपालिका ३ उत्तरलधौरा बस्ने ४२ वर्षीय चक्र बहादुर बुढालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार चक्र बहादुरले घरायसी विवाद कारण लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकी लक्ष्मीको मेडिकल कलेजखकोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।







प्रतिक्रिया