
१ बैशाख ०७७, कास्की । पोखरा महानगरपालिका १४ छिनडाँडास्थित खाजाघरबाट ग.९ प ४०२७ नम्बरको स्कुटर चोरी गरेको अभियोगमा रुपा गाउँपालिकाm ४ स्यालडाँडा बस्ने २० वर्षीय सन्तोष परियारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
यस खाजाघरबाट सोमबार राति स्कुटर चोरी भएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हंशपुर मुकाम शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका २७ डाँडाकोनाकस्थित बिजयपुरदेखि तालचोकतर्फ जाँदै गरेको यस स्कुटरसहित फेला पारी परियारलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनी उपर चोरी तथा डाँका कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ८ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।







प्रतिक्रिया