१९ पुस २०८२, शनिबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


फलामको पातामा सुनको लेपन लगाएर सुनको सिक्रीसँग साटेपछि…



फाइल तस्विर

३ वैशाख ०७८, काठमाडौं । ललितपुर गोदावरी बस्ने ईमरान पन्तलाल तामाङ भन्ने २२ वर्षीय रबिन्द्र थापा तामाङलाई मंगलबार प्रहरीले फलामको पातामा सुनको लेपन लगाएर सक्कली सुनको सिक्रीसँग साटेको आरोपमा पक्राउ गरेको छ ।
प्रहरीका अनुसार तामाङले विभिन्न व्यक्तिहरुलाई नक्कली सुन देखाई ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो । धादिङ रुबीभ्याली गाउँपालिका १ घर भएका तामाङले ललितपुर गोदावरीमा बस्ने गर्दथे । उनले विभिन्न यो नक्कली सुनसँग सक्कली सुनको सिक्री र पैसा लिई ठगी गरेका थिए । उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका१६ बनस्थलीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ११ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।