१९ पुस २०८२, शनिबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


त्रिभुवन विमानस्थलबाट लाखौं बरामद



नयाँ नोट ।

७ वैशाख ०७७,काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको रकम भेटिएको भन्दै प्रहरीले लाखौं रुपैयाँ नगद बरामद गरेको छ । प्रहरीका अनुसार २४ लाख ५० हजार रुपैयाँ सहित मोरङ कानेपोखरी गाउँपालिका ७ घर भएका ३३ वर्षीय चुडामणी बस्नेतलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
यति एयरको उडानद्वारा काठमाडौंबाट मोरङ जान लागेका उनलाई विमानस्थलको आन्तरिक उडानतर्फको हेण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा यस स्रोत नखुलेको नगदसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १० : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।