१९ पुस २०८२, शनिबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपालगञ्जमा आजदेखि लकडाउन, उल्लङ्घन गरे कारबाही




८ वैशाख ०७७, काठमाडौं । बाँकेको नेपालगञ्जमा एक हप्ता लकडाउन हुँदैछ । नेपालगञ्ज उपमहानगर क्षेत्रभरका लागि लकडाउन लगाउने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।
लकडाउन वैशाख १५ गतेसम्म हुनेछ । लकडाउनको समयमा अत्यावश्यक गाडीबाहेक बैंक तथा वित्तीय संस्थासहित सबै प्रकारका सेवा सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यलय बाँकेले सूचना निकालेर जानकारी गराएको छ ।

आज बिहानसम्म सक्रिय संक्रमित ७ सय ३५ पुगेको र अस्पतालहरु बिरामीले भरिएको अवस्थालाई ध्यान दिएर लकडाउन गर्न लागिएको सूचनामा उल्लेख गरिएको छ । लकडाउन भए पनि स्वास्थ्य, सुरक्षा, विद्युत, सञ्चार, खानेपानी, फोहोरमैला, ग्यास, पेट्रोलियम पदार्थ, एटीएमलगायत क्षेत्र भने बन्द नहुने जनाइएको छ । लकडाउन उल्लङ्घन गर्नेहरुलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।