१९ पुस २०८२, शनिबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दाङका पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु



फाइल तस्विर

९ वैशाख ०७८, काठमाडौं । दाङका पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १७ बेलभार निवासी ४० वर्षीय पत्रकार अधिकारीको मङ्गलबार राति काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
अधिकारीले चैत २५ गते नेपाल पत्रकार महासङ्घ दाङमा निर्वाचनमा मतदान गरेका थिए । चैत २६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि वैशाख ३ गते अधिकारीलाई हेलिकप्टर चार्टर्ड गरी थप उपचारका लागि काठमाडौँ लगिएको थियो । गोरक्ष राष्ट्रिय दैनिक दाङमा लामो समयदेखि कार्यरत अधिकारी पछिल्लो समयमा व्यवसायमा पनि संलग्न थिए । परिवारका एक्ला छोरा अधिकारीका श्रीमती, एक छोरा र छोरी छन् । रासस

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ७ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।