
९ वैशाख ०७८, काठमाडौं । युरोप पठाइदिन्छु भन्दै १९ लाख ४७ हजार रुपैयाँ ठगी गरेको अभियोमगा काठमाडौं महानगरपालिका १६ नयाँ बजार बस्ने चितवन राप्ती नगरपालिका ३ घर भएका ३६ वर्षीय भरत प्रसाद राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार ग्रायान्डि ग्लोबल होलिडेज प्रालिका संचालक राईले युरोपका पोर्चुगल, लाटभिया लगायतका देशमा भिजिट भिषामा जानका लागि १० लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी ६ जना व्यक्तिहरुसँग १९ लाख ४७ हजार रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेको खुल्न आएपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
राईलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जानकारी र्दिएको छ ।







प्रतिक्रिया