
१० वैशाख ०७८, ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागेपछि बिहीबार साँझ एक जनाको मृत्यु भएको छ ।
साँझपख सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर छिमेकी खड्क लिम्बूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
स्थानीय जालपादेवी निम्न माध्यमिक विद्यालयमा कार्यरत ५० वर्षीय लिम्बूलाई घरको आँगनमा निस्किएको समयमा आकाशले लुकीछिपी गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।
प्रताप भनेर समेत चिनिने ३० वर्षीय आकाशसँगै बन्दुक समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
आकाशलाई घरदेखि केही तल जङ्गलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो । घटनाको कारण भने खुलेको छैन ।







प्रतिक्रिया