
१२ वैशाख ०७८, बाँके । नेपाली कांग्रेसको तर्फबाट संविधानसभा सदस्य ६२ वर्षीया मोहम्मद सिद्धिकीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ ।
उपचारका क्रममा शनिबार उनको भेरी अस्पतालमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिएका छन् । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी गत चैत २८ गते भेरी अस्पतालको कोरोना आइसोलेशन वार्डमा भर्ना भएकी थिइन् ।
उनी नेपाली कांग्रेसको तर्फबाट संविधानसभा सदस्य थिइन् । विसं २०३६ देखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएकी सिद्धिकी समाजसेवा र मानव अधिकारका क्षेत्रमा विशेष सक्रिय रहँदै थिइन् । उनी नेपालगञ्जमा स्थापित फातिमा फाउण्डेशन नेपालको संस्थापक अध्यक्षसमेत हुन् । उनीसँगै कोरोना सङ्क्रमणबाट बाँकेमा मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ ।







प्रतिक्रिया