१९ पुस २०८२, शनिबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पूर्वराजा ज्ञानेन्द्रको स्वास्थ्य अवस्था स्थिर र सामान्य



१२ वैशाख ०७८, काठमाडौं। कोरोना संक्रमणपछि नर्भिक अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यमा सुधार आएको छ।
शनिबारभन्दा आज स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ।

‘हिजो ज्वरो आउने र छाती दुख्ने समस्या देखिएकोमा आज त्यो समस्या छैन,’ चिकित्सकहरूलाई उद्धृत गर्दै अस्पतालका पिआर अफिसर सोमनाथ बाँस्तोलाले सेतोपाटीसँग भने, ‘उहाँको स्वास्थ्य स्थिर र सामान्य छ।’
पूर्वराजा, पूर्वरानी कोमल र उनीहरूकी छोरी प्रेरणालाई कोरोना देखिएपछि नर्भिक भर्ना गरिएको थियो। पूर्वरानी र प्रेरणाको स्वास्थ्य पनि सामान्य रहेको बाँस्तोलाले बताए।
‘उहाँहरूलाई अक्सिजनको सहायतामा राखिएको छ। कोरोनाका बिरामीलाई प्राय: अक्सिजनकै सहायतामा राखिन्छ,’ उनले भने।

उनीहरू शनिबार दिउँसो १ बजे नर्भिक अस्पताल भर्ना भएका थिए।

भारतको हरिद्वारमा भएको कुम्भ भेलामा सहभागी भएर फर्केका पूर्वराजा दम्पतीलाई कोरोना देखिएको थियो। निर्मल निवासको आइसोलेसनमा बसेका उनीहरू स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।

 

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।