१२ माघ २०८२, आइतबार | Sun Jan 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ट्रान्जिटमा आउने विदेशी नागरिकको पीसीआर परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन



 


१२ वैशाख ०७८, काठमाडौं। स्वास्थ्य मन्त्रालयले ट्रान्जिटमा आउने विदेशी नागरिकको कोरोना परीक्षणमा कडाइ गरेको छ । नेपाललाई ट्रान्जिट बनाउँदै कोरोनाविरुद्धको खोप लगाउने र परीक्षण गर्ने विदेशी नागरिक बढेपछि स्वास्थ तथा जनसंख्या मन्त्रालयले त्यसमा रोक लाएको छ । आइतबार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ट्रान्जिटका लागिमात्र नेपाल आएर कोभिड(१९ को परीक्षण गर्ने विदेशी नागरिकको पीसीआर परीक्षण नगर्न प्रयोगशालालाई निर्देशन दिइएको छ ।

सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार यसरी ट्रान्जिटमा आउने विदेशी नागरिकका कारण जनमानसमा कोभिड झन् फैलनसक्ने जोखिमलाई ध्यान दिँदै मन्त्रालयय सो निर्देशन गरेको हो ।

मन्त्रालयले नेपाली नागरिक, कुटनैतिक निकाय, नेपालस्थित विभिन्न मिसनका कर्मचारी तथा उनीहरूका परिवार र नेपालमा बसोबास गरेका विदेशीलाई परिचय खुल्ने प्रमाणका आधारमा परीक्षण गरिदिन पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ४ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।