
१३ वैशाख०७८, काठमाडौं । काठमाडौं महानगरपालिका ११ बबरमहलमा आगलागी भएको छ । बबरमहलस्थित भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय भूमि ब्यवस्थापन तथा अभिलेख बिभागको स्टोरमा विद्युत सर्ट भई शनिबार राति आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागीबाट यस कार्यालयका क्यान्टिनमा रहेको २ वटा ग्याँसको सिलिण्डर समेत पड्केको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।







प्रतिक्रिया