९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पैसा नभएको झूटो चेक दिने पक्राउ




१२ वैशाख ०७८, काठमाडौं । खातामा पैसा नभएको झूटो चेक दिएका बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी धादिङ बेनीघाट रोलाङ्ग गाउँपालिका ५ बस्ने ४५ वर्षीय ध्रुव प्रसाद कँडेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७७ मंसिर १९ गतेको फैसलाले यस मुद्दामा ७ दिन कैद र १२ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भएकोमा यस सजाय बेरुजू रही फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं नक्सालबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।
ध्रुव प्रसादले २०७५ भदौ १० गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय गजुरीको खाताबाट भुक्तान हुने गरी पीडितलाई १२ लाख ५० हजार रुपैयाँ बराबरको चेक काटी दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी उनीविरुद्ध यो सजाय र जरिवाना हुने फैसला भएको थियो ।
ध्रुव प्रसादलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको यो ब्यूरोले जनाएको छ ।

 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ९ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।