१९ पुस २०८२, शनिबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


उज्यालोका पत्रकार पक्राउको विरोध




१३ वैशाख ०७७, काठमाडौं । उज्यालो नेटवर्क अनलाइनका सम्पादक अनिश तामाङलाई र उज्यालो नेटवर्कका महाप्रबन्धक दुर्गालाल तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको विरोध गर्दै तत्काल रिहाईको माग गरिएको छ ।
नेपाल पत्रकार महासंघले विज्ञप्ती प्रकाशन गरेर पत्रकार तामाङको पक्राउले लोकतान्त्रिक विधि प्रकृया मात्रै होइन संबैधानिक व्यवस्थाकै ठाडो हस्तक्षप भएको महासंघको ठहर रहेको बताएको छ ।
विज्ञप्ती मार्फत महासंघले प्रेस काउण्सिलले आफ्नो क्षेत्राधिकार निरुपण गरेको उल्लेख गरेको छ । महासंघले पाटन उच्च अदालतले समाचारको विषयमा टुंगो नलागेसम्म पक्राउ नगर्नु नगराउनु भन्दै आदेश दिएको र पत्रकारलाई पक्राउ गर्न संचारगृहमै प्रवेश गर्नुलाई प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको बताएको छ ।
तामाङ कलाकार संघ, आदीबासी जनजाती पत्रकार महासंघले समेत पत्रकार तामाङको पक्राउको विरोध गरेका छन् ।

पाटन उच्च अदालतले शुक्रबार निवेदकलाई पक्राउ नगर्नु–नगराउनु मुद्दामा आदेश दिइसकेको थियो ।
अनलाइनमा प्रकाशित समाचारको विषयलाई प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्राधिकारभित्र रही निरुपण गरिसकेको छ । यस्तो अवस्थामा अनामनगरस्थित कार्यालयमै पुगेर पत्रकारलाई गिरफ्तार गर्नुले लोकतान्त्रिक विधि र प्रक्रिया मात्र होइन संवैधानिक व्यवस्था माथिकै ठाडो हस्तक्षेप भएको महासङ्घको ठहर छ, त्यति मात्र होइन, यो घटनाले अदालतको आदेशलाई पनि सरकारले अटेर गरेको प्रस्ट भएको छ झ, महासंघद्वारा आज जारी विज्ञप्तिमा भनिएको ।
महासंघले समाचारका विषयमा चित्त नबुझे त्यसप्रति असन्तुष्टि जनाउने त्यसका निश्चित विधि र प्रक्रिया भएको जनाउँदै त्यसलाई बेवास्ता गर्दै सञ्चारगृहमै प्रहरी प्रवेश गरेर पत्रकारलाई गिरफ्तार गर्ने कार्य प्रेस स्वतन्त्रता माथिकै प्रहार हो भनेको छ । प्रेस स्वतन्त्रताको पूर्णरुपमा सम्मान गर्दै पक्राउ परेका पत्रकारद्वयलाई तत्काल रिहाइ नगरिए आन्दोलनमा जान बाध्य हुनेसमेत महासंघको भनाइ छ ।

 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १० : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।