१८ पुस २०८२, शुक्रबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


धुलिखेल अस्पतालमा ५ सय रुपैयाँमा पीसीआर परीक्षण




१५ वैशाख ०७८, धुलिखेल । धुलिखेल अस्पतालले ५ सय रुपैयाँमै पीसीआर परीक्षण गर्न थालेको छ ।
बढीभन्दा बढी व्यक्तिमा कोरोना परीक्षण गर्न र स्थानीय स्तरमा संक्रमण नियन्त्रणमा राख्न सहयोग पुगोस् भनेर वैशाख १५ देखि जेठ १५ सम्म न्यूनतम शुल्कमा परीक्षण थालिएको अस्पतालले जनाएको छ । अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजूका अनुसार आर्थिक क्षमता कमजोर भएको स्वघोषणा गर्ने व्यक्तिलाई न्रिः शुल्क परीक्षणको व्यवस्था मिलाइएको हो ।

सरकारले पीसीआर परीक्षणका लागि सरकारी स्वास्थ्य संस्थामा १ हजार र निजीमा २ हजार रुपैयाँ शुल्क तोकेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  २ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।