१२ माघ २०८२, आइतबार | Sun Jan 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


खोप केन्द्रको भीडका कारण कोरोनाको बढ्यो त्रास



ललितपुरको पुल्चोकमा मंगलबार कोरोना खोप लगाउनेको भीड । लेन्स : ललितपुर खबर

१५ वैशाख ०७८, काठमाडौं । कोरोना विरुद्धको खोप लगाउन भीड बढ्न थालेपछि त्यहीँबाट कोरोना फैलन सक्ने त्रास भएको भन्दै भीड व्यवस्थित गर्न स्थानीयवासीले माग गरेका छन् ।
गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजमा खोप लगाउन दैनिक हजारौँ मानिस लाममा बस्न थालेका छन् । चावहिलभन्दा माथि नेपाल मेडिकल कलेजमा मात्र खोप लगाउने केन्द्र तोकिएपछि वरपरका अन्य स्थानीय तहका साथै सीमा जोडिएका सिन्धुपाल्चोक र नुवाकोटका स्थानीय तहका मानिससमेत खोप लगाउन आउन थालेका छन् ।
बिहान १०ः०० बजेदेखि खोप लगाउन ५ः०० बजेदेखि नै मानिस लाममा बस्न आउन थालेका छन् । खोप लगाउन लाममा बसेपछि भीड हुन थालेपछि छाडेर हिँडेको गोकर्णेश्वरल७ का मङ्गलबहादुर तामाङले गुनासो गरे । अन्य स्वास्थ्य संस्थामा पनि खोप लगाउन तोकेर कम भीड गर्न सकिने भए पनि यसतर्फ सरोकार भएका निकायले ध्यान नदिएको उनको भनाइ छ ।
गोकर्णेश्वरका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्याय प्रदेश सरकारबाट आएको खोप जिल्ला जनस्वास्थ्य कार्यालयले नै केन्द्र तोकेर लगाएकाले स्थानीय सरकारलाई यस विषयमा समन्वय नगरिएको बताउछन् । नगरपालिकालाई खोप दिए व्यवस्थित रुपमा लगाउने व्यवस्था मिलाउँ छौँ भनी माग गर्दा पनि पाउन नसकिएको शाखाले जनाएको छ ।
जनस्वास्थ्यबाट खोप केन्द्र संयोजकका रुपमा खटिएका डा निश्चल ढकाल शुरुका केही दिन मानिस नआएकामा विगत तीन दिनअघिदेखि हजारौँ मानिस लाममा बस्न थालेको बताउछन् । कलेज खोप केन्द्रमा शुरुका केही दिन पाँचदेखि सात जनाले मात्र खोप लगाएका थिए । पछिल्लो तीन दिनदेखि भने दैनिक एक हजारदेखि एक हजार ५०० सम्मलाई खोप लगाउन थालिएको छ । कर्मचारी सङ्ख्या, भीड व्यवस्थापनलगायत कारणले त्यसभन्दा बढीलाई एकै दिन खोप लगाउन नसकिने उनको भनाइ छ ।
हजारौँ मानिस लाममा बसिरहेका बेला बीचबीचबाट दबाबका आधारमा मानिस छिराउने गरेकाले समस्या हुने गरेको पनि लाममा बस्नेको गुनासो छ । प्रहरी परिचालन गरेर खोप केन्द्रमा लाममा बस्नेलाई खोप लगाउने व्यवस्था गर्न तीन घण्टादेखि लाम बस्ने रचना भुजेलले माग गरे ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ८ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।