१८ पुस २०८२, शुक्रबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


धरौटी बुझाएर छुटे नेकपा महासचिव विप्लवका दाजु



नयाँ नोट ।

१८ वैशाख ०७८, चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर थुनामुक्त भएका छन् । जिल्ला अदालत नवलपरासीको आदेशमा उनलाई कारागारमुक्त गरिएको चितवन कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिउका छन् ।
उनलाई शुक्रबार नै जिल्ला अदालत पश्चिम नवलपरासीसमक्ष बुझाइएको थियो । “हाम्रा साथीले उहाँलाई नवलपरासी (सुस्ता पश्चिम) को अदालतमा छाडेर आउनुभयो, त्यहाँबाट उहाँ रिहा हुनुभयो”, काफ्लेले भने ।
पहिला रु २५ हजार धरौटी बुझाएर छुट्न नमानेकामा अहिले यसै धरौटीमा रिहा भएको कारागारका प्रमुख काफ्लेले बताएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि भरतपुरमा उपचारका लागि भनेर उनलाई विसं २०७७ असोज २८ गते चितवन कारागार ल्याइएको थियो । अघिल्लो पटक कोरोना भई कमजोर बनेका उनलाई घाँटी र पेटमा समस्या देखिएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ७ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।