१८ पुस २०८२, शुक्रबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो




१९ वैशाख ०७८, तुलसीपुर । दातुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिचान खुलेको छ । मृत भेटिएका बालक तुलसीपुर–६ बरुवा गाउँ निवासी भीमबहादुर परियारका नौ वर्षीय छोरा सन्दीप परियार, सोही ठाउँका सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परियार र कृष्ण परियारका छ वर्षीय छोरा करण परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

यही वैशाख १६ गते बालकहरु हराएको र खोजी गरिदिन भनी इलाका प्रहरी कार्यालय तुलसीपुरमा निजका अभिभावकले वैशाख १७ गते निवेदन पनि दर्ता गराएका थिए । अहिले शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । घटना के कसरी भयो भन्नेबारेमा अहिलेसम्म कुनै जानकारी नभएको र अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहित विशेषज्ञ टोली गए राति नै आएको तुलसीपुर इलाका प्रहरी प्रमुख सिंहले जानकारी दिए ।

उक्त कार सो स्थानमा विगत सात महिनादेखि पार्किङमा रहेको र कारका धनी यादव गैरेलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा झिकाइएको प्र्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ९ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।