१८ पुस २०८२, शुक्रबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा




१९ वैशाख ०७७, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज आइतबार राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखसमक्ष राजीनामा पेश गरेका हुन् ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री पोखरेलले राजिनामा दिएका हुन् । उनको राजिनामा पछि लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।
दाङ क्षेत्र नम्बर २ (क)बाट निर्वाचित मुख्यमन्त्री पोखरेल २०७४ फागुनमा मुख्यमन्त्री बनेका थिए । उनीविरुद्धको अविश्वासको प्रस्तावमा आज दिउँसो १ बजे प्रदेश सभामा छलफल हुने कार्यसूचि थियो ।

 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  १० : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।