१२ माघ २०८२, आइतबार | Sun Jan 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आजदेखि आन्तरिक उडान बन्द, साँझ पसल खोल्न नपाइने




२० वैशाख ०७७, काठमाडौं । आज मध्यरातिदेखि आन्तरिक उडान बन्द गर्ने हुने भएको छ। मन्त्रीपरिषद्को आइतबारको बैठकले सोमबार मध्यरातिदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो।

यस्तै बैठकले अन्य केहि देशको बाह्य उडान समेत बन्द गर्ने निर्णय गरेको छ। भारतबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ भने ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि बन्द गर्ने निर्णय भएको छ ।

यसैबीच आइतबार नै बसेको उपत्यकाको सिडियोहरुको बैठकले आजदेखि बेलुका पसल खोल्न नदिने निर्णय गरेको छ। यसअघि विहान र बेलुका दुई समय खाध्यान्न लगायताका पसलहरु खोल्न दिने गरेकोमा आजदेखि भने बिहान मात्रै पसल खोल्न पाइने व्यवस्था गरेको हो।

 

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ९ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।