१८ पुस २०८२, शुक्रबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ललितपुरमा ५१८ सहित उपत्यकामा ४ हजार ८ सय २५ जनामा कोरोना संक्रमण




२२ वैशाख ०७८, काठमाडौं । ललितपुरमा ५१८ सहित काठमाडौँ उपत्यकामा थप ४ हजार ८ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार ८ सय ४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर तीब्र गतिमा बढेको छ। पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६ सय ५९ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ७ सय ५६ पीसीआर परीक्षणबाट ८ हजार ६ सय ५ र ६ सय १६ एन्टिजेन परीक्षणबाट ५४ जनामा संक्रमण देखिएको हो।

 

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ५ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।