१२ माघ २०८२, आइतबार | Sun Jan 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


९१ पत्रकार कोरोना सङ्क्रमित




२४ वैशाख ०७८, काठमाडौं । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशअन्तर्गत ९१ पत्रकार सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशले ३३ प्रतिष्ठान शाखासहित ४८ विभिन्न सञ्चार गृहका अध्यक्ष र पत्रकारसँग गरिएको टेलिफोन वार्तामा १९ प्रतिष्ठान शाखासहित २५ सञ्चार गृहका ९१ पत्रकारमा कोरोना सङ्क्रमण देखिएको हो ।
प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले प्रतिष्ठान प्रदेशबाट निर्वाचित एक केन्द्रीय सदस्य, प्रदेश समितिका एक सदस्य, प्रतिष्ठान शाखाका दुई अध्यक्ष, निर्वतमान केन्द्रीय सचिवसहितका पदाधिकारीलाई कोरोना सङ्क्रमण देखिएको जानकारी दिएका छन् ।
राष्ट्रिय समचार समिति (रासस), रेडियो नेपाल, गोरखापत्र, कान्तिपुर टेलिभिजन, कान्तिपुर, राजधानी, नेपाल टेलिभिजन, माउन्टेन, नेपाल प्रेस, एभीन्यूज, मेट्रो एफएम, नयाँ पत्रिकालगायतका २५ सञ्चार माध्याममा कार्यरत पत्रकारलाई कोरोना सङ्क्रमण देखिएको अध्यक्ष अधिकारीले बताएका छन् ।
प्रतिष्ठान प्रदेशले कोरोना सङ्क्रमित पत्रकारको मनमोहन अस्पताल, पाटन अस्पताल, नर्भिक अस्पताल, टेकु अस्पताल, नेपाल प्रहरी अस्पताललगायतका अस्पतालमा उपचार भइरहेको भन्दै उपचारमा संलग्न सम्पूर्ण पत्रकारको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ७ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।