१८ पुस २०८२, शुक्रबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आफ्नै हजुरआमालाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ




२५ वैशाख ०७८, मकवानपुर । आफ्नै हजुरआमा अन्दाजी ९० वर्षीया कान्छीमाया गुरुङलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका १७ दियालो दमार बस्ने २२ वर्षीय आकाश गुरुङलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
आकाशले आफ्नै हजुरआमालाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पशुपतिनगर र अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते कान्छीमायाको जिल्ला अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ८ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।